वराहक्षेत्र : वराहक्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार, सङ्घीय सरकार तथा सरोकारवाला अन्य निकायहरूसँग सहकार्य एवम् समन्वय गरेर नगरपालिकाले काम गरिरहेको नगर प्रमुख रमेश कार्कीले बताएका छन् ।

नगरपालिकामा ठुला योजनासँगै विकासका पुर्वाधारकालागि सङ्घीय तथा प्रदेशका माननीय सांसद ज्यु मन्त्रालय एवम् निकायहरूसम्म पुग्ने स्थानीय सरकारलागि पुलको काम गरी राखेको नगर प्रमुख कार्कीको भनाइ छ ।

शुक्रवार विश्व वातावरण दिवसको अवसरमा पर्यटकीय क्षेत्र अमाह सिमसारमा आयोजना भएको कार्यक्रममा नगर प्रमुख कार्कीले भने "हामी स्थानीय सरकारका जनप्रतिनिधिहरू नगरपालिकाको विकासकालागि लागि परेका छौ । सङ्घीय तथा प्रदेश सरकारसँग योजना माग्ने काम भइराखेको छ । योजना पनि परि नै राखेका छन् ।" उनले भने "वराहक्षेत्रको विकासकालागि ३ वटै सरकारबिच सहकार्य तथा समन्वय हुन आवश्यक छ र त्यो काम भइराखेको छ । वराहक्षेत्रको विकासकालागि नगरपालिका सबैसँग सहकार्य गरिराखेको छ । यसकालागि सबैको सहयोग आवश्यक छ । विकासकालागि सबैसँग सहकार्य हुन्छ ।"

वराहक्षेत्र धामको प्रवर्धन, विकास, चतराधामको विकास, सुर्यकुण्डको प्रचारप्रसार, भौतिक पूर्वाधार, अमाह सिमसारको विकासदेखि नगरपालिका भित्रको सडक, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्र लगायतका विकासकालागि नगरपालिकाले माथिल्ला सरकारहरूसँग बजेकालागि पहल गरिराखेको उनले बताए । 

विकास योजनालाई सबै राजनैतिक दल, जनप्रतिनिधि तथा स्थानीय सरोकारवाला निकायहरू साझा विषय बनाउनु पर्ने र वराहक्षेत्रको बिकाएकालागि सबैसँग सहकार्य गरेर काम गरिराखेको नगर प्रमुख कार्कीको भनाई छ ।

वराहक्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गराउने योजनाका लागी सङ्घीय सरकारबाट वराहक्षेत्र मन्दिरसम्म पुग्ने बाटोको स्तरोन्नति, वराहक्षेत्र मन्दिर क्षेत्रको सौन्दर्यीकरण, बसपार्क, औलिया मठ क्षेत्रको संवर्द्धन तथा प्रवर्द्धन, चतराधामको विकास, सुर्यकुण्डसम्म पुग्ने सडक, केबलकार, जल बिहार र साहसिक पर्यटक विकासकालागि सङ्घीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रले बजेट र योजना बनाएको नगर प्रमुख कार्कीले बताए ।

नगरपालिको सीमित स्रोत तथा सीमित साधनबाट धेरै काम गर्नु पर्ने भएकाले सुन्दर, समृद्धि नगरपालिका बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती, कोशी प्रदेश सभा सदस्य ममता तामाङ, विजय राई, सपना हिङ्ममाङ, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव विशाल घिमिरे, नगर उपप्रमुख नन्दकुमारी सुनुवार, डिभिजन वन कार्यालय सुनसरी धर्मदेव यादव लगाएको उपस्थिति रहेको थियो ।