धरान : धरान रङ्गशालामा जारी २४ औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको सोमबार भएको क्वाटर फाइनल खेलमा धरान-१३ ले धरान-८ लाई २-० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा धरान-१३ का मिलन राईले दोस्रो हाफको १८ मिनेट र ४२ मिनेटमा १/१ गोल कुल २ गोलको एकल स्कोरले आफ्नो टिमलाई विजयी गराएका हुन ।

निर्धारित ९० मिनेटको खेलमा धरान-८ टिमबाट कुनै गोल भएन ।

खेलको म्यान अफ द म्याच वडा १३ का  मिलन राई घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद २ हजार रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

भोलि मङ्गलवार हुने क्वाटरफाइनल खेल धरान-६ र धरान-१७ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।