वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार वडा नं. ६ र वडा नं.९ बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक/एक गोल खेल पछि दुवै टिमले १-१ अङ्क बाँडेका थिए ।

तीन खेलमा एक खेलमा पराजित र दुई खेल बराबरी खेलेको वडा नं. ६ ले प्रतियोगितामा २ अङ्क जोडेको छ । त्यस्तै लगातार तीन खेलमा दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको वडा नं. ९ ले प्रतियोगितामा ७ अङ्क जोडेको छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेको वडा नं. ९ का क्याप्टेन सन्तोष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । त्यस्तै मङ्गलवार भएको वडा नं. २ र वडा १० बिचको दोस्रो खेल बराबरीमा टुङ्गिएको छ ।

दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक एक गोल खेल पछि दुवै टिमले १-१ अङ्क बाँडेका थिए ।

तीन खेलमा दुई खेलमा पराजित र एक खेल बराबरी खेलेको वडा नं. २ ले प्रतियोगितामा १ अङ्क जोड्न सफल भएको छ भने तीन खेलमा एक खेलमा पराजित, एक खेलमा विजयी र एक खेल बराबरी खेलेको वडा नं. १० ले प्रतियोगितामा ४ अङ्क छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. २ का दीपेश तामाङ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत वर्षदेखि लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा बुधवार पहिलो खेल वडा नं. ४ र वडा नं.७ तथा दोस्रो खेल वडा नं. ५ र वडा नं. ११ का बिच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।