धरान : धरान रंगशालमा जारी २४ औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको मंगलबार भएको क्वाटर फाइनल खेलमा धरान-१७ ले टाइब्रेकरमा धरान-६ लाई ५-४ गोल अन्तरमा पराजित गर्दै  सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा धरान-६ का अमन मगरले खेलको २२ मिनेटमा १ गोल गरेका थिए । लगत्तै धरान-१७ का तपन कार्कीले पहिलो हाफको २६ मिनेट १ गोल गरेर खेल बराबरीमा पुर्‍याएका थिए ।

दुवै टिम १-१ गोल गरी बराबरीमा रहेको निर्धारित ९० मिनेटको समयमा दुवै तर्फबाट थप गोल नभएपछि दुवै टिमका लागि साढे ७ मिनेटको हिसाबले १५ मिनेट समय थपियो । थप समयमा पनि दुवै पक्षबाट कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय गरिएको हो ।

ट्राईबेकरमा धरान-१७ का मिलन राई, सौउजन राई, युनेश बुढाथोकी, दिवस सुनार, प्रज्वल थापाले गोल गरे । पवन तामाङको प्रहार आउट भयो ।

धरान-६ का अजय बिष्ट, अमान मगर, सुनिल रखाल मगर, अमित योञ्जनले गोल गरे । अर्जुन लिम्बू र लक्ष्मण लिम्बुको प्रहार आउट भएको थियो ।

खेलको म्यान अफ द म्याच धरान-१७ का प्रज्वल थापा घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद २ हजार रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

भोलि बुधवार हुने पहिलो सेमिफाइनल खेल धरान-१८ र धरान-१३ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।