धरान : सुनसरी र उदयपुर जिल्ला जोडने कोशी पुल स्थित होटेल कोशी प्यालेसमा सञ्चालित सात दिने पटकथा लेखन कार्यशाला सम्पन्न भएको छ।
मङ्गलवार एक कार्यक्रम गरी उक्त कार्यशाला समापन गरिएको हो।
सात दिने कार्यशालामा फिल्मको पटकथा तयार, पटकथा संरचना, जीवन्त चरित्र निर्माण, सटिक सम्बाद, फिचर लेन्थको पटकथाको विभिन्न आयामहरू पनि बुझ्न पाएको सहभागीहरूले बताएका छन् ।
यो कार्यशाला एकदमै उपयोगी भएको सहभागी मोहन चापागाईँले बताए ।
आयोजक मिडल वे फिल्म्सका निर्देशक मोहन राईका अनुसार यो कार्यशाला आर्थिक लाभ भन्दापनि प्रदेश नम्बर १ का चलचित्रकर्मीलाई स्तरीय चलचित्र निर्माणमा दक्षता बनाउन कार्यशाला आयोजना गरिएको बताए ।
उक्त कार्यशालालाई नेपालका सुप्रसिद्ध पटकथा लेखक तथा सिनेमा कलेजका प्राध्यापक अविनाश विक्रम शाहले सहजीकरण गरेका थिए । प्रदेश १ का चलचित्र कर्मीलाई केन्द्रमा राखेर उक्त पटकथा लेखन कार्यशाला आयोजना गरिएको थियो भने भविष्यमा चलचित्र सङ सम्बन्धित अन्य कार्यशाला पनि प्रदेश नम्बर १ मा सञ्चालन गर्ने योजना रहेको मिडल वे फिल्म्सका निर्देशक मोहन राईले बताएका छन् ।










































































