झापा : झापाको गौरादहका एक युवक ४ दिन देखी बेपत्ता भएको परिवारले जानकारी दिएका छन् ।
गौरादह नगरपालिका-७ ग्वाडुब्बास्थित त्रिवेणी टोल बस्ने २० वर्षका सुजन कार्की गत २१ गते आइतबार साँझ देखी परिवारको सम्पर्कमा नआएको बेपत्ता सुजनका बुवा कर्ण बहादुर कार्कीले जानकारी दिए ।मानसिक रोगको समस्यामा समेत रहेका सुजन २१ गते साँझ स्थानीय ग्वालडुब्बा बजारबाट सिटी चढेर गौरादह तर्फ जाँदै गरेको स्थानीयले देखेपछि परिवारलाई खबर गरेका थिए ।
स्थायी घर खोटाङको राजापानी भएका सुजनले स्थानीयलाई पहाड हिँडेको भन्दै सिटी सफारीमा चढेका थिए । तर, हालसम्म उनी कहाँ छन् भन्ने यकिन नभएको र परिवारसहित आफन्त कसैको पनि सम्पर्कमा नआएकोले सुजनका बुवाले इलाका प्रहरी कार्यालय गैरीगञ्जमा बेपत्ता छोराको खोजी गरिदिन निवेदन समेत दिएका छन् ।
सुजनले साथमा कालो झोला र रातो जेब्रा झोला समेत बोकेर हिँडेको सुजनलाई सफारी चढ्दै गरेको देख्नेहरूले बताएका छन् । सुजनलाई कतै फेला पारेमा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन या सुरक्षित राखेर परिवारलाई खबर गरिदिन सुजनकी आमा शान्ता कार्कीले आग्रह गरेकी छन् ।


































































