इटहरी  : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल बिस्तार गरेका छन् । शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

लामो समय सरकारले पूर्णता नपाएको भन्दै आलोचना भएपछि कार्कीले मन्त्रीपरिषद् बिस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले शुक्रवार नै शपथ ग्रहण गरिसकेका छन् । 

नवनियुक्त मन्त्रीहरूमा नेपाली काँग्रेसबाट ४ र माओवादी केन्द्रबाट दुई जना छन् । काँग्रेसबाट स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिता कुमारी राम रहेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट सिँचाइ तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जा मगर र सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्कीले जिम्मेवारी पाएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्की आफ्नैले सम्हालेका छन् । यस अघि मुख्यमन्त्री कार्की आफैले प्रतिस्थापन विधेयक मार्फत बजेट ल्याएर संसद्मा टेबल गरेका थिए ।

वरीयता क्रममा मुख्यमन्त्रीपछि प्रदीपकुमार सुनुवार र लगातार राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमल प्रसाद जबेगू, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ (राम) रहने भएका छन् ।