वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाको लागि गर्दै आएको काम, योजना र कार्यक्रमहरूको अध्ययनका लागि कङ्गो, तान्जेनिया, नेदरल्याण्ड र केन्याका अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका प्रतिनिधिहरू आएका छन् ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था करुणा फाउन्डेसन मार्फत चार देशबाट पाँच जना प्रतिनिधिहरू वराहक्षेत्र आएका हुन् ।

करुणा फाउण्डेसनमार्फत नेदरल्याण्डबाट रेनी बियोडेशन, तेन्जिनियाबाट एग्नीस, जेवेश मडमी, कङ्गोबाट किरुदरा जेम्स र केन्याबाट एन्डफेन आएर अध्ययन, अवलोकन तथा सिकाइका लागि आएको सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताले बताए ।

उनीहरूले नगरपालिकाले अपाङ्गता क्षेत्रमा गर्दै गरेको कामको अवलोकन, अध्ययन, स्थलगत अवलोकनसँगै नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल तथा अपाङ्गताको क्षेत्रमा काम गर्ने नगरपालिकाका प्रतिनिधिहरूसँग छलफल र अन्तर्क्रिया समेत गरेको नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताले जानकारी दिए ।

नेदरल्याण्डबाट रेनी बियोडेशन, तेन्जिनियाबाट एग्नीस, जेवेश मडमी, कङ्गोबाट किरुदरा जेम्स र केन्याबाट एन्डफेनले वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाको लागि गर्दै आएको काम, योजना र कार्यक्रमहरू अध्ययन गरेर आफ्नो देशमा अपाङ्गता रोकथाम र पुनर्स्थापनामा काम गर्ने करुणा फाउन्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिए ।

नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना लागि सहकारी सञ्चालन, समूह गठन, सहयोग, उपचार, अपाङ्गता सहयोग सामाग्री वितरण, पहिलो काड प्राप्त गरेका अपाङ्गता भएका मानिसहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान लगाएका कामहरू गर्दै आएको र यसैलाई उनीहरूको देशमा अध्ययन गरेर काम गर्न वराहक्षेत्र अध्ययन, अवलोकन र सिकाइका लागि आएको करुणा फाउण्डेसका सुनसरी प्रमुख भारती देवले बताइन् ।

apangata roktham news barachetra 2

apangata roktham news barachetra 3