धरान : हिमाली, पहाडी आदिवासी जाति तामाङ, शेर्पा र शिङ्सा भोटेका सांस्कृतिक नृत्य सहित धरानमा नेपाली काँग्रेसले मङ्गलवार ल्होसार मनाएको छ ।
सोनाम ल्होसार २८६०, ग्याल्पो लोसार २१५१, ज्यालो लोसार २८६० एकै साथ मनाउन काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिले शुभकामना आदान प्रदान आयोजना गरेको हो ।
उक्त अवसरमा प्रमुख अतिथि कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मन्त्री प्रदीपकुमार सुनुवारले पहिचानवादी र प्रदेश सरकार बिचका वार्ता सकारात्मक रूपमा वार्ता अघि बढेको बताउँदै नेपाली काँग्रेस ऐतिहासिक पहिचानका पक्षमा रहेको बताए । उनी काँग्रेसका केन्द्रीय सदस्य पनि हुन ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङले काँग्रेस सबै जातिका संस्कृति र धर्मलाई सम्मान गर्ने पार्टी भएको बताउँदै ल्होसार कार्यक्रम राजनीति नभई सामाजिक सद्भाव अभिवृद्धिका लागि आयोजना गरिएको बताए ।
कार्यक्रममा काँग्रेस प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, नेपाल तामाङ घेदुङ प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ, शिङ्सा कल्याण केन्द्र जिल्ला अध्यक्ष निमा पोङ्सुवाले शुभकामना प्रकट गरेका थिए । सञ्चालन क्षेत्रीय सचिव महेन्द्र प्रधान र केशव पुरीले गरेका थिए ।
congress-loasar-2