धरान : डिपो स्कुलमा जारी दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपमा आयोजक डिपो स्कुल र कारमेल स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।

शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा कारमेल स्कुलले चिल्ड्रेन स्कुललाई ३९–३५ र दोस्रो क्वाटर फाइनल खेलमा डिपो स्कुलले समिट स्कुललाई २९-१६ अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

कारमेल र चिल्ड्रेन स्कुलले प्रत्येक क्वाटरमा १०-७, १३-९, ५-११ र ११-८ अङ्क जोडेका थिए भने डिपो र समिट स्कुलले ४-२, ५-६, ८-२ र १२-६ अङ्क जोडेका थिए ।

शनिवारै भएको खेलमा युनाइटेड गोर्खाले धरान मेघा हिमालयनलाई ३१-२७ र होलिल्याण्ड स्कुलले हिमशिखर तरहरा स्कुललाई ५६-५४ अङ्कको अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ ।

खेलमा युनाइटेड गोर्खा र धरान मेघा हिमालयन बिच भएको खेल निर्धारित समयमा बराबरीमा सकिए पछि समय थप गरिएको थियो । थप समयमा ४-० को अग्रता लिँदै युनाइटेड गोर्खा विजयी भएका हुन् । उनीहरूले निर्धारित समयको प्रत्येक क्वाटरमा १२-५,९-७,४-८ र २-७ अङ्क जोडेका थिए । होलिल्याण्ड र हिमशिखर तरहराले प्रत्येक क्वाटरमा १५-९, १५-१४, १७-१७ र ९-१४ अङ्क जोडे ।

प्रतियोगिताको फाइनल खेल फागुन ८ गते हुनेछ । कक्षा १० सम्मका खेलाडीहरू मात्र सहभागी प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।