इटहरी : थारु कल्याणकारीणी सभा सुनसरीले विजय कुमार गच्छदारलाई थारूहरूको धरोहरको रूपमा सम्मान गरेको छ । गच्छदारले ललिता निवास प्रकरणमा विशेष अदालतबाट सफाइ पाएपछि कल्याणकारीणी सभाले खुसी व्यक्त गरेको हो ।

सभाका जिल्ला अध्यक्ष सगेन चौधरीले विज्ञप्ति जारी गर्दै कुशल राजनीतिक कर्मी गच्छदार विगतमा पनि देश प्रति निःस्वार्थ सेवा भावमा रहेको बताएका छन् ।  गच्छदारलाई निर्दोष ठहर भएपछि न्यायालयलाई सम्मान गर्दै चौधरीले गच्छदार नेपाली राजनीतिकको बलियो पात्र हुनुका साथै थारुहरूको धरोहर रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, "देश हितमा काम गर्दै आएको नेता विजय कुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रह राखी लगाएको झुटा आरोप निस्तेज भएको छ । असत्य माथि सत्यको विजय भएको छ । उहाँलाई आगामी दिनमा अडिग र निडर भएर देश सेवा भावमा लाग्दै नेपाल र नेपालीलाई सबै पक्षको विकासको बाटोमा डोर्‍याउनु हुन्छ भन्दै कार्य सफलताको कामना गर्दछौँ ।"