चतरा : माझी जातिको सांस्कृतिक पर्व कोशी पूजामा नेपाली काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिले वराहक्षेत्रको कालाबञ्जरमा शनिवार चियापान सहित सांस्कृतिक शुभकामना कार्यक्रम गरेको छ ।

नदी खोला नजिक जीवनयापन गर्दै आएका आदिवासी माझी जातिद्वारा प्रकृति पूजाको रूपमा नदी, खोलाई गरिने लदी पूजा उनीहरूको परम्परागत पर्व हो । पूर्वमा कोशी किनारका माझी जातिले कोशी पूजा गर्दछन् ।

माझी समुदाय नेपाल माझी उत्थान सङ्घका पदाधिकारीहरूको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख अतिथि काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा थिए ।

काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङको सभापतित्वमा भएको कार्यक्रममा माझी उत्थान सङ्घका केन्द्रीय सदस्य गुन्जमान माझीले नेपाली काँग्रेसले पहिलो पटक माझी समुदायको कोशी पूजा मनाएकोमा खुसी व्यक्त गरे ।

सङ्घका सुनसरी अध्यक्ष घनश्याम माझीले देशको ठुलो पार्टी काँग्रेसले माझी जातिको पर्वमा कार्यक्रम कार्यक्रम गरेर माझी समुदायको सम्मान गरेको बताए ।

कार्यक्रममा काँग्रेसका युवा नेता किशोर राई, प्रदेशसभा १(२) का सभापति मुरारी भट्टराई, अधिवक्ता बुद्धि कटवाल, महाधिवेशन प्रतिनिधि पूजा धामी, वराहक्षेत्र नगरपालिका वडा ५ का अध्यक्ष रोहित काफ्लेले शुभकामना प्रकट गरेका थिए ।

congress ladi pooja