धरान : इमर्जेन्सीमा बिरामी ओसार पसार गर्ने एम्बुलेन्सलाई गाँजा ओसार पसार गर्ने साधन बनाएका चालक विराटनगर-६ का ४८ वर्षीय जयदेव चेललाई शनिवार भेडेटारबाट प्रहरीले पक्राउ गरेको छ ।

उनलाई धनकुटाबाट धरान जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्स रोकेर चेकजाँच गर्दा एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएसँगै पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

एम्बुलेन्समा गाँजाको ओसार पसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारको प्रहरीले चेकजाँचमा गाँजा बरामद भएको हो । गाँजा सहित पक्राउ परेका चालक चेलको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।