धरान : प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ प्रदेश र सुनसरी महासङ्घले आयोजना गरेको संयुक्त रक्तदान कार्यक्रमबाट कुल ६२ पिन्ट रगत सङ्कलन भएको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मङ्गलवार जिल्ला अस्पताल इनरुवामा रक्तदान कार्यक्रम भएका हो । प्रमुख अतिथि महासङ्घ केन्द्रीय उपाध्यक्ष अञ्जना पोख्रेल थिइन् ।

प्रदेश अध्यक्ष एकराज खत्रीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला अस्पतालका मेसु डा. श्रेया पङ्गेनी, महासङ्घ केन्द्रीय सचिव लक्ष्मी प्रधान, महासङ्घ पदाधिकारी रेणुका काफ्ले, प्रकाश धिमाल, सुराम खान, प्रकाश मेहता, रञ्जन मेहता, इनरुवा महिला सञ्जाल अध्यक्ष तोया गिरि उपस्थित थिए ।