धरान : दलित महिला सञ्जाल धरान नगर समितिको कार्यालय सञ्चालन गर्न सहजताका लागि धरान-१८ वडा कार्यालयले सहयोग स्वरूप आवश्यक सामाग्री प्रदान गरेको छ ।
वडा कार्यालयमा शुक्रवार आयोजित संक्षिप्त कार्यक्रममा वडा अध्यक्ष नरेन्द्रकुमार राई प्रवीणले सञ्जालका अध्यक्ष सुनिता सेन्चुरीलाई सामग्री हस्तान्तरण गरेका हुन ।
सञ्जाललाई करिब ४० हजार रुपैयाँ मूल्य बराबरको सामाग्री प्रदान गरिएको अध्यक्ष राईले बताए । सामाग्रीहरूमा १ थान अफिस टेबल, १ थान स्टिल दाराज र कुर्सी १ थान छ ।
दलित महिला सञ्जाल संस्था दलित महिलाहरूको हक, हितका लागि २०७५ सालमा स्थापना भएको सञ्जालकी सल्लाहकार शकुन्तला त्रिखत्रीले जानकारी गराइन् ।
सञ्जाल स्थापना भए पनि संस्थागत सञ्चालन गर्न कार्यालय कोठा नभएपछि धरान-११ स्थित आफ्नो घरको एक कोठा प्रयोग गरिरहेको उनले बताइन् ।