धरान : वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रशान्त साहबाट धरानमा हुँदै आएको निःशुल्क मुटु रोग परीक्षण स्वास्थ्य शिविर परिवर्तनका लागि सामाजिक अभियानले इटहरीमा पनि सुरु गरेको छ ।

शनिवार इटहरीको मुक्ति धाम मन्दिर परिसरमा आयोजित क्लिनिकमा डा. साहले ८५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए । विगत ३ वर्ष अघिदेखि अभियानले निःशुल्क शिविर सञ्चालित गर्दै आएको छ ।

धरानका विभिन्न वडाहरूमा १५/१५ दिनमा हुने शिविर धरान बाहिर पनि हुँदै आएको छ । ५३ औँ शिविर इटहरीमा आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकका लागि विशेष रूपमा निःशुल्क कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।

मुटु, सुगर र ब्लड प्रेसरका रोगीहरूको स्वास्थ्य परीक्षण गरिने शिविरमा सुगर टेस्ट र औषधि वितरण पनि निःशुल्क गरिएको कार्यक्रम संयोजक शुषिर बरालले बताए । शिविर कृष्ण प्रणामी युवा परिषद् इटहरीसँगको सहकार्यमा भएको हो ।

बिपी प्रतिष्ठानका स्टाफ नर्स निशा श्रेष्ठ र स्वेता भण्डारीले रक्तचाप परीक्षण गरेकी थिइन् । वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य निशान नेपाल, प्रमोद आचार्य लगायतका अभियन्ताहरूले सहयोग पुराएका थिए ।

विशेष गरी सहरका बिरामीहरूको खानपान र जीवनशैलीले रोग अझ निम्त्याएको डा. प्रशान्त शाहले बताए । रोग लाग्नु भन्दा रोग लाग्नै नदिन खानपान र शारीरिक अभ्यास आवश्यक हुने गर्दछ । सुगर, प्रेसर र मुटुका रोगीहरूले खानपानमा हेलचेक्र्याइँ गर्न नहुने समेत शाहले बताएका थिए ।

itahari ma nisulka sivir

itahari ma nisulka sivir 2