वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले पशुपालन  कृषकहरूलाई एक दिने कृषक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

सहकारीले ग्रिन फिड इण्डष्ट्रिज प्राविसँगको प्राविधिक सहयोगमा उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

व्यावसायिक रूपमा पशुपालन गरी नियमित दूध उत्पादन गरी बिक्री गर्दै आएका कृषकलाई आहार व्यवस्थापन, पशुपालन व्यवस्थापन, मल मूत्र व्यवस्थापन, महामारी रोग, उपचार विधि, कृषि अनुदान लगायतको विषयमा जानकारी दिइएको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सीता भण्डारी पौडेलले बताइन् ।

एक दिने कृषक अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारले दूध उत्पादन कृषकलाई दिँदै आएको प्रति लिटरमा २ रुपैयाँ अनुदार रकम बारे जानकारी र प्राप्त गर्ने माध्यम बारेमा समेत सहजिकरण गरिएको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बाबुराम खत्रीले जानकारी दिए ।

कृषकहरूलाई पशु चिकित्सक राकेश कुमार यादव, वराहक्षेत्र नगरपालिका पशु सेवा शाखाका पशु प्राविधिक मेघराज बस्नेत र ग्रिन फिड इण्डष्ट्रिज प्राविसँगको प्राविधिकहरूले सहजिकरण गरेका थिए ।

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सीता भण्डारी पौडेलको सभाध्यक्षयतामा आयोजना भएको उक्त अभिमुखीकरण कार्यक्रममा वराहक्षेत्र नगरपालिका वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा सहकारीका व्यवस्थापक बाबुराम खत्री, उपाध्यक्ष दीपक कार्की, आदर्श माविका पूर्व प्रधानाध्यापक तथा सहकारीका प्रशिक्षक ज्ञानबहादुर पाण्डे लगायत अतिथि रहेका थिए । अभिमुखीकरण कार्यक्रममा नियमित दूध उत्पादन गरी बिक्री गर्दै आएका पशुपालन कृषकहरूको सहभागिता रहेको थियो ।