विराटनगर : धार्मिक भजन कीर्तन समूहहरू बिचको प्रतियोगितामा महिलाहरूको समूहले प्रथम स्थान हासिल गरेको छ ।विराटनगर-११ को जेष्ठ नागरिक मिलन केन्द्रद्वारा आयोजित प्रतियोगितामा महिलाहरूको समूह सयपत्री महिला सेवा केन्द्र प्रथम भएको हो ।

प्रतियोगितामा मानव धर्म दुर्गा मन्दिर दोस्रो भए । शुभ लक्ष्मी भजन कीर्तन समूह तेस्रो भएको छ । प्रथम विजेतालाई ५ हजार रुपया, दोस्रो हुनेलाई ३ हजार र तेस्रोलाई २ हजार, चौथो र पाँचौँ समूहलाई १/१ हजार रुपया प्रदान गरिएको छ ।

प्रतियोगितामा विहानीपथ भजन कीर्तन समूहले चौथो र लक्ष्मीनारायण भजन कीर्तन समूह पाँचौँ भएको थियो ।

कार्यक्रममा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, जेष्ठ नागरिक अध्यक्ष अर्जुनकुमार भट्टराई,सचिव  इन्द्रप्रसाद खतिवडाले पुरस्कार प्रदान गरे । प्रतियोगितामा २२ वटा भजन कीर्तन समूहहरू सहभागी थिए ।