विराटनगर : आज सोमवार दिउँसो मृत अवस्थामा फेला परेका मोरङको सशस्त्र प्रहरीका एक नायब उपरीक्षक डिएसपीले आत्महत्या गरेको आशङ्का गरिएको छ ।

धनपालथान गापा-३ स्थित बोर्डर आउट पोस्ट सोराभागका इन्चार्ज डिएसपी उपेन्द्र बस्यालको शव कार्यालय भित्र झुन्डिएको अवस्थामा फेला परेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले घट्नाको पुष्टि गरेको छ ।

प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको हो । बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

उक्त घटनाको अनुसन्धान पछि मात्र घटनाको वास्तविकता पत्ता लाग्ने प्रवक्ता तिमल्सिनाले बताए ।