धरान : इलामकी दुई महिला सहित ५ जना युवालाई सोमवार प्रहरीले लागूपदार्थ ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार बिर्तामोड-६ स्थित एक घरबाट इलाम सन्दकपुर गाउँपालिका-४ घर भई डेरा लिई बसेकी २५ वर्षीय   बबिता गुरुङ, इलाम-२ की २० वर्षीय पूर्णिमा गुरुङ र स्थानीय २१ वर्षीय मनिष लिम्बुलाई ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

उनीहरूलाई झापाको बुट्टाबारी अस्थायी प्रहरी पोस्टको प्रहरी टोलीले १२ ग्राम ९५० मिलिग्राम लागुऔषध ब्राउनसुगर र ९ हजार ८ सय पचास नगद सहित पक्राउ गरेको हो ।

यसैगरी सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१६ दरैयाबाट विराटनगर-१५ का कृष्ण सहनीलाई ६ दशमलव ७३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

झापाको बिर्तामोड-३ बाट कमल गाउँपालिका-३ का २० वर्षीय मौसम किस्कुलाई ७२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।