धरान : टोष्टमास्टर्स क्लब धरानले एक कार्यक्रम गर्दै आफ्नो ५औँ स्थापना दिवस मनाएको छ ।

धरानमा सन २०१९ मा स्थापना भएको टोष्टमास्टर्स क्लबले गत फागुन १८ गते शुक्रवार आफ्नो स्थापना दिवस मनाएको हो । 

बिपी प्रतिष्ठान परिसरमा एक कार्यक्रम गर्दै धरानमा स्थापना भएको पाँचौँ वर्षगाँठ मनाएको क्लबकी अध्यक्ष डा.सिन्धु खतिवडाले जानकारी दिइन ।

संयुक्त राज्य अमेरिकाको कोलोराडोमा मुख्य कार्यालय रहेको टोष्टमास्टर्स इन्टरनेशनल गैरनाफामुलक अन्तर्राष्ट्रिय संस्था हो । सन १९२४ मा स्थापना भएको यस संस्थाका १४८ देशमा १४२०० क्लबहरू रहेका छन् ।

नेपालमा पनि यस संस्थाका ७० भन्दा बढी क्लबहरू रहेको धरान टोष्टमास्टर्स क्लबकी अध्यक्ष खतिवडाले जानकारी दिइन ।

यस संस्थाले नेतृत्वका गुण तथा क्षमता विकास, व्यक्तित्व विकास, सार्वजनिक मञ्चमा गरिने भाषणकला, वाककलाको विकाश आदि क्षेत्रमा कार्य गर्दै आएको अध्यक्ष खतिवडाले जानकारी दिइन ।

कार्यक्रममा डिष्ट्रीक निर्देशक सुमन शाक्य, प्रोग्राम गुणस्तर निर्देशक मुन प्रधान, डिभिजन डिरेक्टर जेनि मानन्धर, क्षेत्रीय निर्देशक सन्ध्या राठी लगायत ४० जना टोष्टमास्टर्स तथा अतिथिहरूको सहभागिता रहेको थियो ।

टोष्टमास्टर्स क्लब धरानमा हाल ३१ जना सदस्यहरू रहेको अध्यक्ष खतिवडाले जानकारी दिइन ।