धरान : मोरङको पथरीशनिश्चरे-७ लामा टोलीकी १५ वर्षीया बालिका हत्याको घट्नामा पक्राउ परेका मोरङ ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बालिका ज्ञानुमती राईको हत्यामा संलग्नलाई २४ घण्टा नबित्दै पक्राउ गरी हिजो मङ्गलवार मोरङ जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।

बालिका पथरीशनिश्चरे-७ लामा टोलीमा मामाको छोरा दाजु विनोद राईको घरमा बसेर पढ्दै आएकी थिइन् । हत्या  गरी फरार चौधरीलाई बेलबारी स्थित भाउन्ने जङ्गलबाट पक्राउ गरिएको बताइएको छ ।