धरान : धरान प्रवेश गर्दा र बाहिर निस्कँदा दुर्घटनाको दृष्टिले संवेदनशील मानिएको चारकोशे जङ्गल स्थित शनि मन्दिरमा फागुन २८ गते देखी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिँदै छ ।

पछिल्लो समय सम्म संवेदनशील क्षेत्र मानिँदै आएको उक्त स्थलमा विश्वकर्मा मन्दिर र शनि मन्दिर स्थापना भएपछि सवारी दुर्घटनामा कमी आएको विश्वास गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा शनि मन्दिरका अध्यक्ष राजकुमार निरौलाले बताए।

उनले भने ‘विगतमा भएका दुर्घटनामा अकालमै मृत्यु भएका आत्माहरूको चिरशान्तिको कामना तथा अझै पनि जोखिम उत्पन्न गराउने प्रेतात्माहरूको मुक्तिका लागि महायज्ञले आयोजना गरिएको हो ।’

शान्ति तथा सङ्कट मोचनका लागि शनि मन्दिर परिसरमा ३२ लाख रुपैयाँ भन्दा बढीको लगानीमा सङ्कटा भगवती र नवग्रह मन्दिर निर्माण गरी मूर्ति प्राण प्रतिष्ठा गरी सकिएको उनले जानकारी दिए ।

महायज्ञका संयोजक पितरुमल अग्रवालले शनि मन्दिरको सौन्दर्यीकरण गर्दै धरान भित्रिने पर्यटकहरूका लागि विश्राम गर्ने उपयुक्त स्थल बनाउने योजनामा सप्ताह ज्ञान महायज्ञबाट सङ्कलित रकम खर्च गरिने बताए ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा श्रीमद्भागवत पुराण यही फागुन २८ गते देखि ४ गते सम्म धरा-८ स्थित तीनकुने शनि मन्दिर स्थलमा हुने पुराण मूल आयोजक  समितिले जानकारी दिएको छ ।

धरानमा धार्मिक पर्यटन बढाउन राज्यको प्रत्येक लगानी  बिना धार्मिक संस्थाले पनि गर्न सक्छ भन्ने सन्देश प्रदान महापुराण आयोजना गरी शनि मन्दिरलाई सौन्दर्यीकरण गर्न खोजिएको हो मूल आयोजक समिति संयोजक पितरुमल अग्रवालले बताए ।

मिडिया संयोजक कोपिला भट्टराईले महायज्ञबाट शान्तिका साथै यात्रीको कल्याण र सङ्कलित रकमबाट पर्यटनको प्रवर्द्धन हुने बताइन । महायज्ञ प्रारम्भ हुनु पहिलो दिन फागुन २८ गते सोमबार शोभा कलश यात्राले धरान बजार परिक्रमा गर्ने संयोजक दुर्गा काफ्लेले बताइन्।

पुराण पाठ, प्रवचन स्वामी महामण्डलेश्वर नयाँ वृन्दावन गौशालाका पिठाधिश दिनबन्धु शास्त्रीले गर्ने भएका छन् । कथा वाचनमा तुलसी भण्डारी, भवानी भट्टराई र बद्री निरौला सहयोगी रहने छन् । पत्रकार सम्मेलनको सञ्चालन मन्दिरका सचिव केशव रिजालले गरेका थिए । उपाध्यक्ष जुद्धबहादुर लोहनीले व्यवस्थापनका विषयमा बताएका थिए ।

sani-mandir-dharan