धरान : लेटाङ नगरपालिका-५ का २४ वर्षीय राज कुँवर र उदयपुर चौदण्डीगढी-६ का ३१ वर्षीय विजय राईलाई बिहीबार लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार कुँवरलाई विराटनगर-१६ हुलास चौकबाट पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले ऊनीसँग लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभिल ८ एम्पुल र फेनारागन ८ एम्पुल बरामद गरेको छ ।

यसैगरी राईलाई चौदण्डीगढी-५ सिवाईबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

राईबाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल बरामद गरिएको छ । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको छ ।