धरान : नेपाली काँग्रेस सामाजिक कार्यका साथै धार्मिक कार्यमा पनि धरानमा सक्रिय हुन थालेको छ । यस क्रममा शुक्रवार महाशिवरात्रिको पर्वमा पिण्डेश्वर बाबा धाममा भक्तजनहरूलाई पिउने पानी वितरण गरेको हो ।

शिवरात्रिमा पिण्डेश्वर बाबा धाममा दर्शन पूजा अर्चनका लागि आएका श्रद्धालुहरुलाइै नेपाली काँग्रेस, सुनसरी–१ क्षेत्रीय समितिको सक्रियतामा पिउने पानी वितरण गरिएको थियो ।

महाशिवरात्रिमा टाढाटाढावाट आएर घण्टौँ लाइनमा बसेका दर्शनार्थीहरुको प्यास तथा तिर्खा मेटाउन निःशुल्क शुद्ध पिउने पानी वितरण गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।

काँग्रेसको सामाजिक एवं सांस्कृतिक क्रियाकलापले समाजमा सद्भाव, सहिष्णुता र एकतामा अभिवृद्धि गर्ने उद्देश्य भएको उनको भनाई छ ।

बुद्धिजीवी प्राध्यापक राजेन्द्र शर्माले लामो समय पूजाका लागि लाइनमा बसेर तिर्खाएका भक्तजनहरूलाई निःशुल्क पानी वितरण गरेर काँग्रेसले अति नै सह्रानीय कार्य गरेको बताए ।

पानी वितरणमा काँग्रेसका प्रदेश महामन्त्री उमेश थापा लगायत महासमिति, क्षेत्रीय, जिल्ला, नगर समितिका सदस्यहरू एवं कार्यकर्ताहरू संलग्न थिए ।

congress-pani-2