धरान : धार्मिक अनुष्ठानहरूमा फजुल खर्च नगरौँ, मितव्ययी बनौँ भनी अभियान चलाउँदै आएको विजयपुर आध्यात्मिक मञ्चले बालबालिकाको धार्मिक संस्कार व्रतबन्ध, गुन्यु चोली अनुष्ठान सामूहिक रूपमा गर्ने भएको छ ।

२०४८ साल देखी प्रत्येक वर्ष आयोजना गरिँदै आएको सामूहिक धार्मिक संस्कारको अनुष्ठानका लागि यसपालि पनि ११ सदस्यीय व्रतबन्ध व्यवस्थापन समिति गठन गरेको मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीले बताए ।

उनले इच्छुक अभिभावकहरूलाई न्यूनतम भेटी दिएर आफ्ना छोरा, छोरीको धार्मिक अनुष्ठान गर्न समितिसँग सम्पर्क गर्न पनि आव्हान गरेका छन् ।

उनका अनुसार समितिमा प्रचार समिति संयोजक दुर्गा काफ्ले, आर्थिक संयोजक पङ्कज घिमिरे, मण्डप व्यवस्थापन संयोजक हिमप्रसाद ओझा, स्वागत सत्कार संयोजक शान्ति अधिकारी, आवास व्यवस्था संयोजक ललनकुमार विश्वकर्मा रहेका छन् ।

यस्तै स्वयंसेवक संयोजक अरुणा पोखरेल, प्रसाद वितरण संयोजक हरिकुमार ढकाल, गुरु पुरोहित संयोजक कमलप्रसाद भट्टराई, पूजा व्यवस्थापन संयोजक सुभद्रा सुवेदी, अनुगम मुल्यांक संयोजक गंगाप्रसाद रेग्मी रहेका छन् ।

मञ्चका अध्यक्ष पितरुमल अग्रवालले सामूहिक व्रतबन्ध, गुन्यु चोली संस्कार अनुष्ठान पिण्डेश्वर मन्दिर परिसरमा हुनेछ । बालबालिकाको धार्मिक संस्कार घरमा गर्दा धेरै खर्च हुने र तिथि जुराउनु पर्ने हुन्छ । धार्मिक तीर्थस्थलहरूमा जुराउनु नपर्ने उनले बताए ।

bijaypur atyadhmik munch