उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट नियन्त्रित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपराह्न ४ बजे प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा-६ का २७ वर्षीय  वीरेन्द्र मरिकलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट फेनारगन, डाइजोपाम र ब्रुपिनफिन गरी जम्मा १५ एम्पुल नियन्त्रित औषधी सहित पक्राउ गरेको हो ।

त्यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ स्थितबाट नियन्त्रित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो ११ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री ईटरुवाविष्णुपुर गाउँपालिका-४ सप्तरीका २७ वर्षीय जगर्नाथ दासलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट फेनारगन, डाइजोपाम, र लेजेसिक गरी जम्मा ६० एम्पुल नियन्त्रित औषधी फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।