इटहरी : पछिल्लो समय विद्युतीय गाडी (इभि) को माग बढेसँगै इटहरीमा हाइलङ्ग इभिको सोरूम खुलेको छ। सहज फाइनान्सको सुविधा सहित चीनको हाइलङ्ग इभिको आधिकारिक सोरूम इटहरीमा सुरु भएको हो।
एक महिनादेखि विक्री सुरु गरेको आधिकारिक विक्रेता सप्तकोसी ट्रेडिङले इटहरी-५ पचरुखी बाट कारोबार सुरु गरेको छ । कारोबारको सुरुवातमै जब्दी यातायात प्रालिलाई १० थान १४ सिटे हाइरुफ व्यवसायीक भ्यान बिक्री गरेको जानकारी दिएको छ।
सप्तकोसी ट्रेडिङका सञ्चालक दीपक पोखरेलका अनुसार हाइलङ्ग इभिमा हाइरुफ, एल्लो ह्विल, फोल्डिङ सिट लगायत अत्याधुनिक सुविधा रहेका छन् ।
एक पटक फुल चार्ज गर्दा ३०० किलोमिटर सम्म कुद्ने इभिमा १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको पोखरेलले जानकारी दिए ।


































































