धरान : मोरङको पथरी शनिश्चरेमा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री वडा १० का ५० वर्षीय प्रेसबहादुर चौहानको मृत्यु भएको छ ।

पथरी शनिश्चरे-१ पश्चिम बस स्टेण्ड राजमार्गमा शनिवार साँझ ६ बजे भएको दुर्घटनामा साइकल यात्री चौहान गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पुराएपछि डाक्टरले मृत घोषित गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

साइकल यात्री चौहानई कानेपोखरीबाट पथरी आउँदै गरेको प्रदेश १-०-०५२ प २२१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक शनिश्चरे-१ का ५१ वर्षीय किरण घिमिरे सामान्य घाइते भएकोले पथरी अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।