धरान : झापा बुद्धशान्ती-३ का २९ वर्षीय भीमबहादुर मगर ५ ग्राम २० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

उनीसँगै बुद्धशान्ती-२ का २४ वर्षीय रोशन उपरकोटीलाई ब्राउनसुगर ओसारपसार विक्री वितरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार दुवै जनालाई मेचीनगर-१३ चारआली इलाम रोडबाट शनिवार साँझ ७ बजे प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो झापाबाट खटिएको प्रहरी टोलीले उनीहरू मे ३ प १०२४ नम्बरको मोटरसाइकलमा ब्राउनसुगर सहित सवार भएको अवस्थामा पक्राउ परेका हुन् ।