विराटनगर : विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई एक हप्ते तीर्थयात्रा र अवलोकन भ्रमण पठाएको छ ।

स्वास्थ्यकर्मी, जनप्रतिनिधि सहित ५५ जनाको ज्येष्ठ नागरिकको भ्रमण टोलीलाई आइतबार मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीले शुभकामना सहित बिदाइ गरेका छन् ।

सामाजिक विकास समितिका संयोजक वडाध्यक्ष काजीबहादुर बस्नेतले तीर्थयात्रामा जाने ज्येष्ठ नागरिकको टोलीले नेपालको धार्मिक पर्यटकीय स्थलहरू मौलाकाली, स्वर्गद्वारी, रिडी, लुम्बिनी लगायतको भूमण गर्ने बताए ।

ज्येष्ठ नागरिकहरूको तीर्थयात्राको संयोजन हकहित संरक्षण मञ्चले गरेको मञ्चका सचिव ईश्वर खतिवडाले बताए ।

वडाध्यक्ष बस्नेतका अनुसार वडाको २ लाख रुपैयाँ बजेटबाट ज्येष्ठ नागरिकलाई भ्रमणमा लगेको हो ।

महानगरले तीर्थयात्रामा लगेकोमा ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् । भ्रमणमा सहभागी ज्येष्ठ नागरिक टीकाप्रसाद निरौलाले महानगरले अत्यन्तै राम्रो काम गरेको बताए ।

tirtha yatra news 2