धरान : सोलुखुम्बुको सोताङ गापा–३ नागेन चौर घोपु स्थित हुङ्गा खोलामा मङ्गलवार बिहान ढुङ्गाले किचेर ४५ वर्षीय तुलाबहादुर राईको घटनास्थलमै मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले किच्दा राईको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे इलाका प्रहरी कार्यालय सोताङबाट थप अनुसन्धान भइरहेको छ ।