धरान : आफै सहचालक मजदुर रहेको बसले किचेर धनकुटा-६ पात्ले खोलाका ३० वर्षीय मनोज खड्काको मङ्गलवार मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार सङ्खुवासभाको चैनपुर-६ जिरो पईन्टमा चैनपुर-नुनढाकी भित्री सडकमा आफू चढेकै बसले किचेर सहचालक खड्काको मृत्यु भएको हो ।

आज बिहान साढे ७ बजे नुनढाकीबाट इटहरी आउँदै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडिको टायरले किचेर सहचालक खड्का गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

बस र चालक धनकुटा साँगुरीगढी गाउँपालिका-१ का ३३ वर्षीय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।