धरान : बेलबारी-१ का ६० वर्षीय बमबहादुर लिम्बुले आफ्नो श्रीमतीलाई घाँटी रेटेर हत्या गरेपछि आफूले पनि घाँटी रेटेर आत्महत्या गरेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार मङ्गलवार दिउँसो साढे १ बजे लिम्बुले श्रीमती ४५ वर्षीय गीता लिम्बुलाई दाउले शरीरको विभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

श्रीमतीको हत्या गरी लिम्बुले सोही दाउले आफ्नै घाँटी रेटी घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर पुराएको अवस्थामा मृत्यु भएको हो । 

श्रीमतीलाई धारिलो हतियारले काट्नु र आफै पनि त्यही हतियार प्रयोग गरेर मर्नुको कारण खुलेको छैन । उक्त घटनाको बारेमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।