धरान : झापाको गौरीगञ्ज-१ बिर्खेबस्तिमा तरकारी खेती छोपेर राखेको परालमा आगलागी हुँदा ५५ वर्षीय नीलकण्ठ घिमिरेको मृत्यु भएको छ ।

आज बुधवार बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आगलागी भएको थियो । आगो निभाउन जाँदा घिमिरेको आगोले जली घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी महाभाराले जनाएको छ ।

प्रहरी अनुसार घटनास्थल सुरक्षित राखिएको छ । थप अनुसन्धान कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिगई मृतक शवलाई पोष्टमाटमको लागि दमक अस्पताल दमक पठाइएको छ ।