धरान : भोजपुर-५ का ३० वर्षीय विजय राईको को १४ प ८३५८ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको अभियोगमा भारत मनीपुरका हाल सिराहा गोलबजार बस्ने ३१ वर्षीय चन लामा भन्ने छिरिङ ग्याम्बोलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घर छेउमा पार्किङ गरिराखेको मोटरसाइकल गत: आइतबार चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले खोजतलास गर्दा चखेवा सडक खण्डबाट मोटरसाइकल सहित ग्याम्बोलाई पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।