धरान : पहाडी क्षेत्रबाट आउने गाँजाको मुख्य नाका चतरामा बुधवार प्रहरीले बेवारिसे गाँजा बरामद गरेको छ ।

वराहक्षेत्र-१ बेलुका साढे ६ बजेको समयमा इलाका प्रहरी चतराको प्रहरी टोलीले बाटो छेउ खोल्सामा जेब्रा झोलामा बेवारिसे २७ केजी २३० ग्राम गाँजा फेला पारेको हो ।