धरान : मोरङको ग्रामथान गापा-५ मा आज बिहीबार बिहान दूध बोक्ने पिकअप गाडीले ठक्कर दिँदा साइकल यात्री ५६ वर्षीय हुवालाल माझीको मृत्यु भएको छ ।

को २ च २१७ नम्बरको दूध बोक्ने पिकअप गाडीले बाटो क्रस गरिरहेको साइकललाई ठक्कर दिँदा माझी घाइते भएका थिए ।

घाइते माझीलाई उपचारको लागि विराटनगर आर्या न्युरो अस्पताल पुराउँदा मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ठक्कर दिने पिकअप र पिकअप चालक विराटनगर-१ का ३९ वर्षीय राजेश गुप्तालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।

मोरङ र झापामा एक साता भित्र सडक दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको यो तेस्रो घटना हो । यसअघिका २ घट्नामा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको थियो ।