धरान : झापाको भद्रपुरमा आज बिहीबार बिहान आफ्नै घरमा आएर सुतिरहेको साथीलाई सुतेकै अवस्थामा भुईँ खन्ने खन्तीले टाउकोमा हानेर एक जनाको हत्या गरिएको छ ।

भद्रपुर-२ मा ३५ वर्षीय सनम भन्ने गङ्गा राईलाई ३० वर्षीय कमानसिंहले हत्या गरेको हो । साथी भाइको सम्बन्धका गङ्गा राई हिजो बुधवार राती कमानसिंह राईको घरमा आई सुतेका थिए ।

बिहान ५ बजे ३० वर्षीय कमानसिंह राईले पुरानो रिसिवीको कारण सुतिरहेकै अवस्थामा फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गङ्गा राईको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।

घटनामा संलग्न राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।