धरान : मोरङको पथरीशनिश्चरे-७ बाट आज बिहीबार बिहान प्रहरीले लागुऔषध बेचबिखन गरेको अभियोगमा दिदी भाइलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दिदी २७ बर्षीया सुजा लिम्बु र उनको भाइ २१ वर्षीय अमृत लिम्बु छन् । उनीहरूको साथबाट ट्रामाडोल, डिकोलाईट गरी जम्मा ९ सय ट्याब्लेट प्रतिबन्धित औषधी फेला परेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध बरामद भएको बताइएको छ । यसैगरी पथरिशनिश्चरे-२ बाट धनकुटा साँगुरीगढी-३ का ४२ वर्षीय प्रेमकुमार याखालाई ६ केजी गाँजा सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।