धरान : हाल हङकङ बस्दै आएकी धरान-१८ रत्न चौककी अनिता सेनिहाङ लिम्बु सहित समूहद्वारा धरानका मिर्गौला पीडित गायक नवराम राईलाई उपचारार्थ ३ लाख ७ हजार ९ सय रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

उक्त रकम बुधवार अनिताकी बहिनी गीता सेनिहाङ, धरान-१८ का अध्यक्ष नरेन्द्रकुमार राई प्रवीण, पत्रकार महासङ्घ, सुनसरी अध्यक्ष जनक ऋषि राई सहित गायक राईको घर पुगेर हस्तान्तरण गरेका हुन् ।

उक्त रकम मध्ये २ लाख २४ हजार ९ सय रुपैयाँ नवराम राईको खातामा हालिदिएका थिए । बाँकी रकम ८३ हजार रुपैयाँ उनकै हातमा प्रदान गरिएको हो । 

सहयोग रकम अनिताले हङकङमा रहेका रत्न चोक निवासी र कम्पनीका सहकर्मीहरू, साथीहरूसँग सङ्कलन गरेकी हुन् ।