धरान : सुनसरीको धरान उपमहानगरपालिका-१६ की २१ वर्षीय सुमना श्रेष्ठको हत्या भएको घटनामा ४ जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, धरानका एक अधिकृतले बताए अनुसार घटनामा उनीहरूको संलग्नता देखिने केही आधार भेटिएको छ । ‘वस्तुस्थितिले सङ्केत गरेपनि एक जनाले मात्र अभियोग स्वीकार गरेका छन्’, स्रोतले भन्यो, ‘त्यही कारण तत्काललाई यो विषयलाई सार्वजनिक नगरिएको हो ।’
सुनसरी प्रहरी स्रोतका अनुसार उनी सुमनाको प्रेमी हुन् । घटना भएको दिन सुमन र भुजेल थर भएका उनका प्रेमी एउटै स्कुटरमा घोपा क्याम्पमा प्रवेश गरेको सिसिटिभीमा देखिएको छ ।
प्रहरीको म्यानुअल अनुसन्धानको अनुमान अनुसार श्रेष्ठको हत्या १२ देखि २ बजेको बिचमा भएको हो ।
घटनाको दिन सुमनासँग विवाद भएको अभियुक्त भुजेलले प्रहरीमा बयान दिएका छन् । सुमना हत्याको घटनापछि उनी धनकुटा गएर लुकेर बसेका थिए ।
शङ्कास्पद व्यक्ति पक्राउबारे सोध्दा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीन कृष्ण भण्डारी भने प्रहरी अनुसन्धान निचोडतर्फ उन्मुख भएको बताउँछन् । 
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी पनि अनुसन्धानको कमान्ड र सुपरिवेक्षण गरिरहेका छन् ।
गत बुधवार घोपा क्याम्पको नवनिर्मित भवन नजिकै हत्या गरिएको अवस्थामा सुनमाको शव फेला परेको थियो ।