धरान : झापा, मोरङ, सुनसरीमा नेपाल-भारत सिमाक्षेत्रबाट भित्र्याइने लागुऔषध ब्राउनसुगर, लागुऔषधको विकल्पमा प्रयोग गरिने प्रतिबन्धित औषधिहरूको ओसारपसार बढेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो सहित इलाका प्रहरी कार्यालयहरूको तदारुखतामा दैनिक पक्राउका समाचार आइरहे पनि घटेको भने देखिन्न ।

हिजो बिहीबार मात्र प्रहरीले ३ जिल्लाका विभिन्न स्थानमा लागुऔषध सहित १० जनालाई पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

झापा जिल्ला प्रहरी कार्यालय अनुसार लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर १६ ग्राम ९५० मिलिग्राम र प्रतिबन्धित औषधी एब्बोट्ट, डाइजिपामा सही १४७ एम्पुल, नगद ११ हजार ८ सय रुपैयाँ सहित ५ जना पक्राउ गरेको छ ।

मोरङ जिल्ला प्रहरी अनुसार १२ ग्राम ८० मिलिग्राम ब्राउनसुगर, एभिल, लुपिजेशिक गरी १२ ट्याब्लेट र २४ के।जी अवैध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

सुनसरी जिल्ला प्रहरी अनुसार इटहरी-१, पिपल चौकबाट १ ग्राम २४० मिलिग्राम ब्राउनसुगर, नगद ८ हजार ५ सय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ ।