विराटनगर : मोरङको विराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार दिउँसो ३ बजे विराटनगर १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री विराटनगर १० का ३९ वर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनकारी दिएको छ । 
त्यसैगरी विराटनगर १७ इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगर सहित भारत जोगवनीका ३२ वर्षीय मो. इभरामलाई अस्थायी प्रहरी पोष्ट मटेरुवा र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।