वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले बिहीबार वडा नं १ स्थित वराहक्षेत्र मन्दिर क्षेत्रमा रहेको होटेलहरूमा अनुगमन गरेको छ ।

पर्यटकीय क्षेत्रको रूपमा रहेको मन्दिर क्षेत्रका होटेलहरूमा सरसफाइ युक्त र बाह्रवर्षे पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर होटेल अनुगमन गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा होटेलको सरसफाइ, भान्सा कोठा, म्याद नाघेका खाद्य सामाग्री, बढी मात्रामा चिसो पदार्थहरूमा निरीक्षण गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेका चिसो पदार्थहरू होटेललाई बिक्री गर्ने डिलरको समेत अनुगमन गरिएको थियो ।

म्याद नाघेको सामाग्री फेला परेको होटेल, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसल र सरसफाइ लगाएको विषयमा व्यवसायीहरूलाई सचेत गराइएको थियो ।

उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोलीलाई सक्रिय बनाइएको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उप-प्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी उद्योग वाणिज्य सङ्घ चतराका अध्यक्ष कृष्ण कट्टेल, नेपाल प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।