विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाले नौ परिवारलाई बिउ पुँजी स्वरूप दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको छ ।

बिहीबार परम्परागत सीप मार्फत उद्यमशीलता विकासका लागि धनपालथान गाउँपालिका-३ बेतौनाका नौ अति विपन्न परिवारलाई दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको हो ।

मोरङ-५ का सांसद योगेन्द्र मण्डलले अति विपन्न परिवारलाई परेवाको बच्चा हस्तान्तरण गरे । विपन्न परिवारलाई परेवा हस्तान्तरण गरे । उनले एक सय जोडी परेवा पाल्दा मासिक ४५ हजारसम्म आम्दानी हुने बताए ।

थोरै लगानीमा उद्यमशीलता विकासको आधार तयार हुने भएकाले विपन्न परिवारका लागि परेवा पालन व्यवसाय फलदायी हुने उनको भनाई थियो ।

लघुवित्तले नमुना गाउँ बनाउने घोषणा गरेको वेतौनाका अति विपन्न परिवारलाई परेवा हस्तान्तरण गरेको हो ।

लघुवित्तले धनपालथान गाउँपालिका-३ र ४ मा पर्ने बेतौनालाई इको भिलेज बनाउने अभियान अन्तरगत काम गरिरहेको छ । सोही अभियान अन्तरगत अति विपन्न परिवारलाई परेवा बिउ पुँजी प्रदान गरिएको लघुवित्तका उद्यमशीलता विकास प्रमुख मनोजकुमार शर्माले बताए ।

विपन्न परिवारलाई परेवा हस्तान्तरण गर्नुअघि लघुवित्तले परेवाको खोर निर्माण गर्न लगाएको थियो । पहिलो चरणमा खोर निर्माण गरेका नौ परिवारलाई परेवा हस्तान्तरण गरेको उनले बताए ।

स्थानीय धामो आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मण्डलले गाउँका अति विपन्न परिवारले परेवा पालन विस्तार गरे आफ्नो आर्थिक हैसियत उकास्न सक्ने बताए ।

लघुवित्तका कर्सीया शाखा प्रमुख गायत्री पोखरेलले उद्यमशीलता विकासका लागि प्रदान गरिएको परेवा पालनको अवस्थाका बारेमा लघुवित्तले अनुगमन गर्ने बताए ।

parewa bitaran 2

parewa bitaran 3