धरान : वीपी प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई रगतको अभाव नहोस् भनी काँग्रेस निकट नेपाल तरुण दल, सुनसरी-१ क्षेत्रीय समितिले आइतबार रक्तदान कार्यक्रम आयोजना गरी ३९ पिन्ट रगत सङ्कलन गरेको छ ।

गर्मी महिना सुरु भएसँगै अस्पतालमा बिरामी बढ्ने भएकोले उनीहरूलाई रगतको अभाव नहोस् भनी रक्तदान गरिएको तरुण दलका क्षेत्रीय उपाध्यक्ष मिलन शङ्कर बताए ।

तरुण दलका क्षेत्रीय अध्यक्ष गणेश लिम्बुको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा काँग्रेस कोसी प्रदेश महामन्त्री उमेश थापा प्रमुख अतिथि थिए ।

जिल्ला सचिव माधव घिसिङ, धरानका पूर्व मेयर तिलक राई क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोखरेल लगायतको उपस्थिति थियो ।