धरान : भेडेटारमा सब्जी बोक्ने गाडिबाट प्रहरीले ५ सय ४४ केजी गाँजा पक्राउ गरेको छ ।

धनकुटाको साँगुरीगढी गाँउपालीका-९ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो ।

सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरी सजग भएको थियो ।

आइतबार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरीक्षक जीवन कार्की नेतृत्वको प्रहरी टोलीले भेडेटार चोकमा को १ ख ३२९४ नम्बरको  मिनिट्रक रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचको क्रममा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको ५४४ केजी लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजा सहित ५ बोरा आलु, साग तथा सब्जी बोक्ने खाली क्यारेट बरामद गरेको छ । उक्त तरकारी सहितका सामान बिच गाँजा लुकाएर राखिएको प्रहरी नायव निरीक्षक जीवन कार्कीले जानकारी दिए ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिइएको र ट्रकका चालक तथा सहचालक चेकजाँच गर्दा मिनिट्रकबाट हामफालेर तत्काल फरार रहेकोले खोजतलास भइरहेको तथा अन्य थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

vedetar gaaja baramad