धरान : मोरङको सुन्दरहरैँचा नगरपालिका-८ स्थित पूर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

आज दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साइकल यात्री स्थानीय ७९ वर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएका  निरौलालाई उपचारको लागी विराटनगर नोबेल अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बसका चालक सुनसरीको धरान उपमहानगरपालिका-२० का बल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रण लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।