धरान : बाबु छोरी बिच घरायसी विषयमा वादविवाद बढेर कुटपिट सम्म पुगेपछि छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ ।

घटना सङ्खुवासभाको पाँचखपन-२ गैरीगाँऊको हो । हिजो सोमवार साँझ साढे ६ बजे ५० वर्षीय बाबु युवराज राई र छोरा २८ वर्षीय सुमन राई बिच घरायसी सामान्य विषयमा विवाद भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मौखिक चर्काचर्की बढेर कुटपिट सम्म पुग्दा छोरा हुँदा सुमन राईले बाबु युवराज राईलाई शरीरको विभिन्न भागमा कुटपिट गरी ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए ।

घाइते राईलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवसभाले थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जनाएको छ ।